Erani Mahal
नेकपाको स्याङ्जामा भागवण्डा टुंङगियो, को को भए त अध्यक्ष सचिव हर्नुहोस्
UML-Nekaspa

कला राना स्याङ्जा २६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्याङ्जाको सबै स्थानीय तहमा भागबण्डा मिलाएको छ । जिल्लाका ११ वटै तहमा पार्टी कमिटिको अध्यक्ष, सचिव टुङ्घिएका हुन् । ११ स्थानीय तह रहेको स्याङ्जा जिल्लामा ६ वटा गाउँपालिका र ५ वटा नगरपालिका छन् ।

स्याङ्जाका धरै स्थानीय तहमा जिल्ला नेतृत्व चयनको तरिकाले अध्यक्ष र सचिवको टुंगो लगाएपनि केहिमा भने सहमतीमा आएकालाई छानिएको जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरेले जानाकारी दिनुभयो । अध्यक्ष पूर्व एमालेबाट भए सचिव पूर्व माओवादीका छन् भने पूर्व माओवादी अध्यक्ष भए सचिव पूर्व एमालेबाट छानिएको छ । पुर्व एमालेलाई ७ र माओबादी केन्द्रलाई ४ पालिकाको नेतृत्व गर्ने अवसर मिलेको छ ।

कमिटिको नगरपालिकामा पुतलिबजारमा अध्यक्षमा तारा शर्मा, सचिबमा हुम बहादुर कुमाल, वालिङ्मा अध्यक्षमा राजेन्द्र डुम्रे, सचिबमा रमेश अर्याल, चापाकोटमा अध्यक्षमा सिताराम गैरे, सचिबमा राजु कोइराला, गल्याङ्मा अध्यक्षमा नारायण अधिकारी, सचिबमा दान बहादुर थापा, भिरकोटमा अध्यक्षमा मिन प्रसाद कोइराला र सचिबमा बिश्वनाथ अर्याल रहनुभएको छ ।

त्यस्तै गाउँपालिका अन्तर्गत बिरुवामा अध्यक्षमा नारायण सिहँ थापा, सचिबमा गोपाल कोइराला, आँधिखोलामा अध्यक्षमा भुवानी प्रसाद ढकाल, सचिबमा सिहँ बहादुर क्षेत्री, कालिगण्डकीमा अध्यक्ष कृष्ण लामिछाने, सचिबमा इन्द्र थापा, फेदिखोलामा खड्क बहादुर रानाभाट, सचिबमा सुभाष पौडेल, हरिनाशमा मनोरथ रिजाल, सचिबमा प्रेम हमाल पौडेल, अर्जुन चौपारीमा अध्यक्षमा चक्र बहादुर गुरुङ र सचिबमा टंक प्रसाद खनाललाई नेतृत्वको अवसर मिलेको हो । यहाँका ९७ वार्डको जिम्मेवरीको ७० प्रतिशत वडाको सहमती गरेर कमिटि गठन गरेको र बैशाख २८ गते सम्म सबै एकता सकिने अध्यक्ष गैरेले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update