Erani Mahal
परमाणु सम्झौतामा इरानद्वारा पश्चिमी देशलाई चेतावनी, दियो ६० दिनको ‘अल्टिमेटम’
iran_FCbL9lkFmV

एजेन्सी काठमाडौं २६ बैशाख । इरानले युरोपेली देशलाई ६० दिनको ‘अल्टिमेटम’ दिँदै अमेरिकाको तर्फबाट लगाएको प्रतिबन्धबाट आफूलाई बचाउनका लागि ठोस् कदम उठाउन भनेको छ ।

यसका साथै उनले यस्तो नभए आफूहरु युरेनियमको उत्पादन एकपटक पुनः सुरु गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

इरानसँग परमाणु सम्झौतामा संलग्न पश्चिमी देशले इरानलाई परमाणु सम्भौताको नियमलाई तोडे खराब नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

ब्रिटेन, फ्रान्स र जर्मनीले जबसम्म इरान आफ्नो प्रतिबद्धतामाथि टिकिरहन्छ तबसम्म उनीहरुले पनि परमाणु सम्झौताको समर्थन गर्ने बताएका छन् ।

वास्तवमा, अमेरिकाले गत वर्ष आफूलाई यो सम्झौताबाट अलग्याउँदै इरानमाथि नयाँ प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै, दुई देशबीचको सम्बन्ध तनावग्रस्त छ ।

सन् २०१५ मा भएको यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामाथि अंकुश लगाउनु थियो ।

इरानले अहिलेसम्म यो सम्झौताबाट आफूलाई आंशिक रुपमा अलग गरिसकेको छ अर्थात् सम्झौताका केही शर्तलाई उसले मान्ने छैन ।

इरानमाथि नयाँ प्रतिबन्ध लगाएर ट्रम्प प्रशासनले त्यसको अर्थव्यवस्थामा विशेष क्षती पुर्‍याएका छन् । इरानको मुद्रा आफ्नो सबैभन्दा तल्लो स्तरमा पुगेको छ  भने महँगीको दर करिब चौगुणा बढेको  छ ।

इरानका विदेशमन्त्री जावेद जरिफले उनीद्वारा उठाएको ताजा कदम सम्झौता अनुरुप नै भएको स्पष्टिकरण दिएका छन् ।

यस्तै, लण्डनमा भएका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको प्रभावलाई रोक्नका लागि अमेरिका आफ्नो पश्चिमी साथीसँग सहकार्य गरिरहेको बताएका छन् । यसका साथै, उनले परमाणु सम्झौताको विषयमा अमेरिकाको केही भिन्न धारणा भएको पनि स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update