Erani Mahal
महिला भलिबलमा पाल्पाको विजयी शुरुवात, पुरुष भलिबलमा रुकुम पूर्व
volleyball_qMADt0DqJY

रानीमहल पाल्पा, २३ बैशाख । बुटवलमा साेमबारदेखि शुरु भएको प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा रुकुम पूर्व जिल्लाले विजयी शुरुवात गरेको छ । बुटवल मण्डपमा भएको उद्घाटन खेलमा रुकुम पूर्वले अर्घाखाची जिल्लामाथि २–१ को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

यसैगरि महिला भलिबलतर्फको उद्घाटन खेलमा पाल्पा जिल्लाले गुल्मी जिल्लालाइ २–० को सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । शुरुवातबाट नै खेलमा हाबी देखिएको पाल्पाले २५–१०, २५–११ को अंकले खेलमा जित निकालेको हो ।
महिला भलिबलमा पाच नम्बर प्रदेशका ११ जिल्लाले उपाधिका लागि प्रतिस्प्रर्धा गर्दैछ ।

 



प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update