Erani Mahal
मह संचारको ‘दाल भात तरकारी’ प्रदर्शनमा, मल्टिप्लेक्समा ‘एभेन्जर्स’को दबदबा कायमै
Dal_bhat_tarkari_ltCvt5vg0a

रानीमहल २१ बैशाख । काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आजबाट वर्षको प्रतिक्षित चलचित्रमध्येको एक ‘दात भात तरकारी’ प्रदर्शनमा आएको छ ।

मह संचारको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा दर्शकमाझ चिनिएका कलाकारहरुको अभिनय छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी, बसुन्धरा भुषाल, रबिन तामाङ, शिशिर वाङ्देल, जयनन्द लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको चलचित्रलाई किरण केसी (राता मकै)का छोरा सुदन केसीले निर्देशन गरेका हुन् । किरण चलचित्रका निर्माता हुन् ।


ADVERTISEMENT


विदेश मोहको कथामा कमेडी जनरामा आधारित चलचित्रले सिंगल तथा मल्टिप्लेक्स हल राम्रो पाएको छ । काठमाडौंमा मल्टिप्लेक्स अन्तर्गत सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले प्रदर्शनको पहिलो दिन चलचित्रलाई २० शो दिएको छ । 

मल्टिस्टार कलाकार, गीतसंगीत र ट्रेलरको निर्माण गरेको हाइप र प्रचारप्रसारका कारण चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिती हुने अनुमान गरिएको छ । 

तर, ‘दात भात तरकारी’लाई मल्टिप्लेक्समा हलिउड चलचित्र ‘एभेन्जर्स : इन्ड गेम’को डर छ । अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको ‘एभेन्जर्स : इन्ड गेम’को क्रेज दोस्रो सातामा पनि कमी देखिदैन् । यो चलचित्रले शुक्रबार ‘क्यूएफएक्स’मा २५ शो पाएको छ । यसअघि एउटै मितिमा प्रदर्शन हुने भएपछि ‘दाल भात तरकारी’को प्रदर्शन मिति एक साता पछाडी सारिएको थियो । 

‘दाल भात तरकारी’मा हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद छ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, मित्र डि.गुरुङको सम्पादन छ । चलचित्रले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने आँकलन गरिएको छ 

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update