Erani Mahal
शैली क्रियशनबाट मार्मिक लोकगीत स्वर्गतिर बजारमा
sora

रानीमहल पाल्पा, २१ फागुन । शैलि क्रियशनको प्रस्तुतीको रुपमा मार्मिक लोकगीत स्वर्गतिर बजारमा आएको छ । स्वर्गीय सर्जक कमल विश्वकर्माको सम्झनामा श्याम रामजाली मगर, विष्णु श्रीस मगर र वर्षामगरको लोकगीत स्वर्गतिर बजारमा आएको हो ।

श्याम रामजालीको लय, लोकगायक रामचन्द्र चन्द र अनु पराजुलीको अभिनय गीतमा रहेको छ । गीतको निर्देशन हुम गरैले गर्नुभएको छ । कमल विश्वकर्माको शव्द, श्याम रामजाली र वर्षारामजालीको स्वर रहेको गीतमा संगीत संयोजन रामचन्द्र चन्दको रहेको छ भने छायाँकन बसन्त महर्जनको रहेको छ ।


गीतमा परदेशीएका नेपालीको पीडा र कथा व्यथालाई मार्मिक शव्द र भीडियो मार्फत प्रस्तुत गरिएको छ । गीतको युट्युव मार्फत बजारमा सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् । भिडियो ः

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update