Erani Mahal
विकासकाे गतिबाट आत्तिएका तत्वले जनतामा भ्रम सिर्जना गरे : प्रम ओली
kp-oli
बुटवल, ७ बैशाख । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मुलुक विकासको बाटोमा अघि बढेको बताउनुभएकाे छ । बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहमा बोल्दै उहाँले देशले विकास निर्माणमा गति लिएकाे बताउँदै कसैले बिराेध गर्दैमा नराेकिने बताउनुभयाे । उहाँले भन्नुभयाे ‘मुलुक लामो समय संक्रमणकालबाट गुज्रियो पञ्चायत, राजा फालेर गणतन्त्र आएको छ । अब सभ्य समाज र समृद्ध राष्ट्र निर्माण गर्नु पर्दछ । यसतर्फ मुलुक अगाडि बढि सकेको छ ।’ उहाँले सरकारका विकासका गतिबाट आत्तिएका केही तत्वले जनतामा भ्रम उत्पन्न गरेको बताउँदै प्रतिप्रश्न गर्नुभयाे ‘अब विकास नगरे कहिले गर्ने ? सरकारले एक वर्षकाे अबधिमा संविधानकाे सफल कार्यान्वयन, अावश्यक कानुन निर्माण गरेकाे भन्दै अब विकास निर्माणमा पूर्ण रूपमा ध्यान दिइने बताउनुभयाे । दुई सय चार वर्षअघि कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको सम्झना गर्दै बुटवल उप–महानरपालिकाद्वारा आयोजित विजयोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले नेपाली वीर पुर्खाको सन्तान भएको बताउनुभयाे । राष्ट्रियता र राष्ट्र निर्माणमा नेपाली सेनाको योगदान अतुल्य रहेको बताउँदै उजिर सिंह थापा पनि राष्ट्रको लागि लडेको उहाँले बताउनुभयाे । ‘वीर उजिरसिंह थापा, परिवार, वंशका लागि नभई राष्ट्रका लागि लडेका थिए उहाँले भन्नुभयाे । समारोहमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जितगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्नुपर्ने बताउजुभयाे ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update