Erani Mahal
खानेपानी याेजनाकाे अनुगमनमा सांसद पाण्डेय र घर्तीमगर
123
भुवन रायमाझी पाल्पा, ६ बैशाख । पूर्वमन्त्री तथा केन्द्रीय सांसद सोम प्रसाद पान्डेले विकास निर्माणमा काम गर्न सके बजेट अभाव नहुने बताउनुभएकाे छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको-४, अमलाबासमा निर्माणाधीन अबस्थामा रहेको उर्लेनि तिलकथान लिफ्ट खानेपानीको टंकीको अवलोकन गदै उहाँले उक्त कुरा बताउनुभएकाे हाे । केन्द्र सरकार र प्रदेश सरकारको पहलमा निर्माणाधीन अवस्थामा रहेकाे खानेपानी टंकीको अबलोकनमा आएका प्रदेश सांसद तुलाराम घर्तीमगर बसन्तले जनताको दुख नै आफ्नो दुख भएको बताउदै खाने पानीको बिकाराल समस्या भोगाका रैनादेवी छहरा ४ भित्रका अमलाबास, धजाबान्ने ,सिमल खरिया, बाख्रे,भास्रेचौर बाउनटोल मगाल ओखरपाटा लगायतका स्थानीयहरुले सहज रुपमा खाने पानी पाउन सक्ने पानीकै लागी समय खर्चन नपर्ने बताउनुभयाे । अबलोकन कार्यक्रममा नेकापाका नेता रामबहादुर राउत, उपभोक्ता समितिका पदाधीकारीहरुको उपस्थिति रहेको थियो । सय घनमिटिर क्षमता रहेको निर्माणाधिन खानेपानी टंकीबाट तिलक थानसम्म करिव २ किलो मिटर दुरी मोटरबाट लिफ्ट सिस्टमले तानेर अन्य गाउँमा खानेपानी बितरण हुनेछ । काम पूरा भएका दिनदेखि करिव ४ सय घर धुरी यो खाने पानीको सेवा लिने छन् । दुबै नेताहरु बिहीबार गाउँपालिकाको मुझुङ रहेका पार्टी कार्यकर्तालाई पार्टीको सिद्धान्त नीति अनुसार काम गर्न आग्रह गदै वडा तथा टोल कमिटी गठन सहित सफत ग्रहण कार्यक्रम समेत गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update