Erani Mahal
सुनाखरी पुस्तक विमाेचन कार्यक्रम सम्पन्न
57289503_371060603621173_5852329665959559168_n
दिल बहादुर गाहा पाल्पा, ६ बैशाख । जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा न ८ सत्यवती राजापानीस्थित सुनाखरी संरक्षण समितिकाे आयाेजनामा राजापानी सुनाखरी संरक्षण क्षेत्र घाेषणा तथा सुनाखरी बिद् डाक्टर भक्त बहादुर रास्काेटी मगर द्वारा लिखित सुनाखरी पुस्तक बिमाेचन कार्यक्रम बुधबार सम्पन्न भएको छ। घाेषणा तथा पुस्तक बिमाेचन कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि रैनादेवी छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले नेपालमा पाइने ५०० प्रजातिका सुनाखरी मध्ये ११० प्रजातिका सुनाखरी यस रैनादेवी छहरा गाउपालिका क्षेत्रमा पाइने हुँदा यसकाे महत्त्वकाे बारेमा जनचेतना फैलाई प्रचार प्रसार गरी लाेप हुन लागेको यस बनस्पतिलाई सरक्षण गरी पर्यटन क्षेत्रमा बिकास गरी आर्थिक जिविकाेपार्जन गर्न सकिने बताउनुभयाे । उहाँले यस सुनाखरी संरक्षण गर्नकाे लागि जस्तो सुकै सहयोग र आगामि बर्षहरुमा गाउँ पालिकाले आवश्यक बजेट बिनियाेजन गर्ने प्रतिबद्द्ता व्याक्त गर्नुभयो । कार्यक्रममा बिशिस्ट अतिथि सुनाखरी बिद् डाक्टर भक्त बहादुर रास्काेटि मगरले सुनाखरीकाे बारेमा स्पष्ट पार्दै सुनाखरी भन्नाले एक किसिमको जङ्गलमा पाईने परजीवि झार तथा बनस्पति हाे, जुन रुखकाे हागामा टासिएर, ढुङ्गामा टाँसिएर,कुहिएको बस्तुहरुमा हुर्कने र सुन जस्तै पहेंलो फुल्ने बनस्पतिहरु सुनाखरी हाे भन्नुभयाे । स्थानीय भाषामा बादरे केरा, गम, गाप, सुनगाभा, चादिगाभा नामले परिचित यी बनस्पतिहरु अचुकरुपमा क्यान्सर, टि बि,भाचिएकाे, मर्केकाे, शक्ति बर्द्वक लगायत अनेकौं राेगहरुकाे उपचार मा प्रयाेग हुने यस्ता सुनाखरी बनस्पतिहरु बिस्तारै लाेप हुन लागेको हुँदा सरक्षणमा आफूले अभियान चलाएको बताउनुभयो । आफू पनि छिमेकी जिल्ला अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा न २ डाङ्गेमा जन्मिएर यहि मावली गाउँ राजापानीमा बसी आधारभुत तहकाे अध्ययन गरी अहिले यही बनस्पति बिज्ञानमा चिनकाे बेझिङ गई विद्याबारिधी गरी सुनाखरी संरक्षणमा लागेको बताउनुभयो । नेपालकै सबैभन्दा बढी बिदेशी पर्यटन आउने ठाउँ लुम्बिनी यस क्षेत्र देखि नजिक रहेकोले व्यापक प्रचार प्रसार गरी यस क्षेत्रलाई पर्यटन हबकाे रुपमा बिकास गर्न सकिने बताउनुभयो । कार्यक्रम सुनाखरी संरक्षण समितिका अध्यक्ष यम बहादुर रेश्मीकाे अध्यक्षता र सल्लाहकार समितिका संयाेजक भाेज बहादुर गाहाकाे सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update