Erani Mahal
पाल्पा साहित्य समाजद्वारा तानसेनमा साहित्यिक र्याली
57289500_2171018502990939_1571054906087833600_n
रानीमहल, पाल्पा, ५ बैशाख । पाल्पा साहित्य समाजले अाफनाे रजत महोत्सवको अवसरमा बुधबार जिल्लामै पहिलो पटक साहित्यिक ¥याली निकालेको छ । २०५१ सालमा स्थापना भएको समाजले विविध कार्यक्रमहरुको आयोजना सँगै रजत ¥याली निकालेको हो । तानसेनमा निकालेको ¥यालीमा जिल्लाका साहित्यकार, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, विद्यार्थी, पत्रकारहरुको सहभागिता रहेको थियो । समाजले रजत महोत्सव मनाईरहँदा जिल्लामा खुल्ने अन्य साहित्यक संस्थाहरुले पनि साहित्य समाजको अनुसरण गर्नु पर्नेमा ¥यालीमा सहभागीहरुले जोड दिएका छन् । उनीहरुले जिल्लाको साहित्य क्षेत्रमा पाल्पा साहित्य समाजले पु¥याएको महत्वपूर्ण योगदानको प्रसंसा गरे । तानसेनको टक्सारटोलबाट सुरु भएको ¥याली पेटोल पम्प, बैक रोड, शितलपार्टी, भिमसेनटोल हुँदै टुडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा संस्थाका अध्यक्ष पुस्करराज रेग्मी अथकले नेपाली बाङ्मयको श्रीवृद्धिका लागि समाजले बैधानिक रुपमा निरन्तर र नियमित साहित्यक गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयाे । उहाँले पछिल्लो समयमा जिल्लामा हुने साहित्यक गतिविधिहरु सेलाउदै गएकाले साहित्यक अभियानलाई विद्यालय केन्द्रित गर्दै जाने बताउनुभयाे । अध्यक्ष रेग्मीले विविध कार्यक्रमहरुको आयोजना गरी मंसिर महिना सम्म रजत मनाउने कार्यक्रहरु तय गरिएको जानकारी दिनुभयाे । समाजले २४ वर्षको समय अवधिमा जिल्लाको साहित्यक क्षेत्रमा हलचल ल्याउने काम गरेको संस्थाका पूर्व अध्यक्ष राजेन्द्र गोपाल सिंले बताउनुभयाे । उहाँका अनुसार ‘नेपाली बाङ्मय क्षेत्रमा साहित्यक वातावरण सिर्जन गरेर समाज परिर्वतनमा संस्थाले महोत्वपूर्ण भूमिका खेलेको छ ।’ कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार तथा साहित्यकार भोजराज भट्टराई, विद्यार्थी, प्रियंका कुंवर, साहित्यकारहरु गुणवती केसी,चित्रवलीराम सुवाल लगायतले रजत महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रम समाजका कोषाध्यक्ष पुषोतम अर्यालको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update