Erani Mahal
युएईमा राष्ट्रिय कलाकारकाे साथमा ‘पाल्पाली साँझ' हुने
57170656_431899640906028_6319039293587193856_n
सीता डोटेल पाल्पा २ बैशाख । रोजगारीको सिलसिलामा युएई गएका पाल्पालीहरुको संस्था पाल्पाली समाज युएईले चौथो बार्षिकउत्सव तथा पाल्पाली साझँ २०७६ को तयारी अन्तिम भएकाे छ । ‘‘एक्काइसौं शताब्दीको आवश्यकता सीप र ज्ञान, युएईको माटो सुहाउँदो पाल्पालीहरुको अभियान” भन्ने नाराका साथ २०७२ सालमा स्थापना भएको पाल्पाली समाज यूएईले आउँदो अप्रिल १९ तारिख अर्थात् बैशाख ६ गते संस्था स्थापनाको चौथो वार्षिकोत्सब तथा पाल्पाली साँझ २०७६ को तयारी अन्तिम चरणमा पु¥याएको कार्यक्रम संयोजक कैलाश अर्यालले बताउनुभयो । नेपालका विभिन्न राष्ट्रिय चाडपर्वको अबसर पारेर कार्यक्रमलाई तिव्रता दिदै युएईमा रहेका पाल्पाली तथा नेपालीहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्दै आएको समाजले युएईका ७ वटै क्षेत्रमा रहेका पाल्पालीहरुलाई संगठित गराएको छ । नयाँ बर्ष २०७६ को अबसर पारेर नेपालबाट चर्चित कलाकार सहभागी गराई समाजले बार्षिकउत्सव तथा पाल्पाली साझँ भब्य रुपमा मनाउने तयारी गरेको हो । अस्टोरिया होटेलको एभरेष्ट क्लब बरदुवईमा आगामी शुक्रबार हुने कार्यक्रमका लागि नेपालबाट चर्चित लोकगायक तथा चलचित्र निर्देशन समेत गरिसक्नुभएका कलाकार नारायण रायमाझी, चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर तथा पछिल्लो पुस्ताका चर्चित युवा गायक पुरुषोत्तम गैरे लगायत सञ्चारकर्मी र युएईमा रहेर कला क्षेत्रलाई आत्मसाथ गर्दै आएका नेपाली कलाकारको प्रस्तुति रहने पाल्पाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको लागि लगभग सबै तयारी पुरा भएको अर्यालले बताउनुभयो । यसका लागि युएईका सबै क्षेत्रमा रहेका पाल्पाली समाजका क्षेत्रिय समितिलाई सक्रिय बनाइएको साथै क्षेत्रिय समितिको समन्वयमा त्यहाँ रहेका पाल्पाली तथा नेपालीहरुको उल्लेख्य उपस्थिति रहने उहाँले बताउनुभयो । युएईमा गठित संघसस्था र समाज मध्ये सक्रियताका हिसाबले पाल्पाली समाज पहिलो हो । समाजले युएईमा रहेर समस्यामा परेका नेपाली सहित जन्मभुमिमा विविध क्षेत्रमा सहयोग गर्दै आएको छ । पाल्पाली समाजले पाल्पाका ६० विद्यालयमा १५ लाख रुपँयाको अक्षयकोष स्थापना गरि बार्षिक रुपमा आर्थिक अबस्था कमजोर भएका परिवारका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । पाल्पामा पहिलो पटक मान्यताप्राप्त संस्थाको समन्वयमा १ सय ३० जना सहभागी गराई प्राथमिक उपचार विधि सम्बन्धी तालिमको आयोजना समेत संस्थाले गरिसकेको छ । नेपालमा गएको २०७२ साल बैशाखको भुकम्प सँगसँगै जन्मिएको संस्था भएपनि भुकम्पले चिरिएका पिडामा मलमपट्टी लगाउने हेतुले नेपाल सरकार र भुकम्प राहत कोष पाल्पामा गरि ७ लाख बढी रकम सहयोग गरेको थियो । त्यसयता विविध कारणले अङ्गभङ्ग हुन पुगेका पाल्पालीलाई सहयोग तथा घटना दुर्घटनामा परि युएईमा ज्यान गुमाउन पुगेका पाल्पाली तथा अन्य जिल्लाका नेपालीलाई शब घर पु¥याउने प्रक्रियादेखि घरपरिवारलाई राहत रकम उनका छोराछोरीलाई शिक्षा दिक्षाको लागि खाता सञ्चालन सहितका धेरै कार्यक्रम गर्दै आएको छ । घरपरिवारको उज्वल भविष्य र राम्रो शिक्षादिक्षाको लागि परदेशियका पाल्पालीहरुले आफुले कमाएर बचत गरेको रकमबाट एक रुपँया अभियानदेखि १ दिनको रकम समाजलाई सहित विविध रचनात्मक कामबाट रकम सङ्कलन गरि सहयोग गर्दै आएका छन् । आफ्नो गृह जिल्ला प्रतिको मायाँ र सामुहिक कार्यले केही न केही समाज विकास तथा सम्बृद्ध बनाउन सकिन्छ भन्ने हेतुले पाल्पाली समाजले जिल्लासँग जोड्ने गरि कार्यक्रम गर्दै आएको पाल्पाली समाज युएईका बरिष्ठ उपाध्यक्ष ओम कुमारी खाँणले बताउनुभयो । पाल्पाली समाज युएईको केन्द्रिय समिति र क्षेत्रिय समितिमा आबद्ध सबै सदस्यहरुको सक्रियता र देशप्रतिको उच्च भावनाका कारणले विदाको समयमा बैठक बस्ने र नयाँ–नयाँ योजनामा काम गर्न सम्भव भएको खाँणले बताउनुभयो । समाजले संस्थाको बार्र्षिकउत्सवमा नेपालबाट चर्चित कलाकार लैजाने गरेको छ । नेपाली लोक गीत संगितमा जम्न सफल पाल्पाली कलाकारलाई समाजले उच्च स्थान दिने गर्दछ । यसैअनुरुप हरेक कार्यक्रममा ख्यातिप्राप्त पाल्पाली गायक गायिकाको जमघट दुवईमा हुदै आएको छ । समाजले संस्थाको बार्षिउत्सव, नयाँ बर्ष, तिज, दशैंतिहार तथा होली पर्व लगायतका बिभिन्न चाड पर्वमा कार्यक्रमको आयोजना गरि एकै थलोमा पाल्पालीको जमघट गराई शुभकामना सहित रमाइलो मेलाको आयोजना गर्ने गर्दछ । युएईमा रहेका विभिन्न जिल्लाका संघसंस्थामध्ये सक्रियतापुर्वक आफ्नो छुट्टै पहिचान बनाउन सफल पाल्पाली समाज युएईले १९ अप्रिल शुक्रबार बरदुवईमा हुने कार्यक्रमलाई भव्य बनाउन सबै पाल्पाली तथा नेपालीहरुमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update