Erani Mahal
छहरा मोडेल स्कुलको नतिजा प्रकाशन तथा चौथो अभिभावक भेला
DSC_7515
भुवन रायमाझी पाल्पा, १ बैशाख । पाल्पाको पश्चिम भेग रैनादेवी छहरामा अवस्थित छहरा मोडेल स्कुलको नतिजा प्रकाशन तथा चौथो अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापान समितिका अध्यक्ष यम बहादुर बुढाथोकीको अध्यक्षता रहेको कार्यक्रममा रैनादेवी छहरा गाउँ पालिकाका प्रबक्ता बिष्णु पोखरेल प्रमुख अतिथि रहनु भएको थियो । रैनादेवी छहरा गाउँ पालिका भित्रको एक मात्रै मोडल स्कुलले गाउँपालिका भित्र रहेका ६२ विद्यालयलाई पछी पारेर यो पटकको कक्षा आठको पालिकास्तरीय परीक्षामा उत्कृष्ट नजिता ल्याउन सफल रहेको विद्यालयले जनाएको छ । विद्यालयबाट गाउँपालिका प्रथम हुने सात जना र एसइइ परीक्षामा उत्कृष्ट नजिता ल्याउने ८ जना विद्यार्थीहरुलाई सम्मान पत्र दोसल्ला र मायाको चिनो प्रदान गरी बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा विद्यालय प्रथम हुने दिपिका रायमाझी लगायतका उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । विद्यार्थीको पढाई प्रति अभिभावकहरुले निरन्तर चासो दिएर गाउँ पालिका भित्रकै नमुना र उत्कृष्ट बिधालय बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै अभिभावकलाई समेत विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा उपस्थित भएका अभिभावक, संघ संस्थाका प्रतिनिधि, सेयरसदस्यहरु बुद्धिजीवि शिक्षा संग सरोकार राख्ने ब्यक्तिहरुले छहरा मोडेल स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गरेका थिए । विद्यार्थीहरुले बिभिन्न संस्कृर्ती र भेषभुषा समेटेका गीत र नृत्यले मनोरन्जन दिएका थिए । शिक्षक बिजय बरालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका सपना पोखरेल गर्नु भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update