Erani Mahal
निस्दी गाउँपालिका 'प्रथम उपाध्यक्ष भलिबल कप'काे उपाधि मित्याललाई
IMG_3462
धनबहादुर ठाडा पाल्पा, २७ चैत । निस्दी गाउँपालिका मित्याल पाल्पामा प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । निस्दी गाउँपालिकाको आर्थिक सहयोग तथा युवा समन्वय समिति निस्दीको आयोजनामा अन्तर वार्ड स्तरीय पुरुष तथा महिला भलिबल भएको हो । पुरुष भलिबल तर्फ निस्दी-४, मित्याल प्रथम निस्दी-५, गल्धा दृतिय र निस्दी-६, अर्चले तृतीय भएका छन् । त्यस्तै महिला भलिबल तर्फ निस्दी-२, सहलकोट प्रथम निस्दी-४, मित्याल दृतीय र निस्दी-५, गल्धा तृतीय भएका छन् । [caption id="attachment_1534" align="alignnone" width="1365"] तस्विर : निस्दी गापा वेवसाइट ।[/caption] विजयी समुहलाई कार्यक्रमका मुख्य पाहुना निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले पुरस्कार वितरण गर्नुभयो । युवा समितिका अध्यक्ष नविन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना अर्याल, नेपाल कम्युनिस्ट पार्टीका नेता देवीलाल लामिछाने, निस्दी-६, अर्चलेका वार्ड अध्यक्ष मेख बहादुर सुनारी, गौरीशंकर माध्यमिक विद्यालय मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन समितिका सचिव प्रेमबहादुर बकाबलले गर्नुभएको थियो । मंगलबार सुरू भएकाे कार्यक्रमकाे उद्घाटन गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले युवाहरूकाे शारिरीक तथा मानसिक विकासमा गाउँपालिकाले खेलकुदका लागि बजेट विनियाेजन गरेकाे बताउनुभयाे । गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत शालिकराम बस्यालले गाउँमा भएका प्रतिभा र खेलकुदले निस्दी गाउँपालिकालाइ चिनाउन सहयाेग गर्ने बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update