Erani Mahal
जापानी समाजसेजी ओकेबाजीलाई पाल्पामा नागरिक अभिनन्दन
53761227_634187497033436_2747648775781613568_n
कमल अधिकारी पाल्पा, ३० फागुन । लामो समयदेखि पाल्पाका विभिन्न ग्रामिण भेगमा बसेर समाजसेवा गर्दै आउनुभएका जापानी नागरिक काजुमासा काकीमी ओकेबाजीलाई तानसेनमा नागरिक अभिनन्दन गरिएको छ । विगत २५ बर्वादेखी पाल्पामा रहेर सेवा र सहयोग पुर्याएको भन्दै उहाँलाई अभिनन्दन गरिएको हो । जापानी नागरिक काकीमी २५ वर्ष पहिले आजकै दिन नेपालमा आएर पाल्पाका विभिन्न ग्रामीण भेगका विद्यालय, स्वास्थ्यक्षेत्र लगायतको क्षेत्रमा सहयोग गरेको अवसरमा उहाँलाई अभिनन्दन गरिएको हो । जिल्लाभरका १ सय ७० बढी संघसस्थाबाट उहाँलाई सम्मान गरिएको छ । विदेशी नागरिक ओके बाजीले पाल्पामा विगत २५ वर्षदेखि सहयोग गर्दै आउनु भएको छ । समग्र पाल्पालीले सम्मान स्वरुप अभिनन्दन गर्दा आफूलाई खुसी लागेको काजुमासा काकीमी ओके बाजीले बताउनु भयो । सम्मान कार्यक्रममा पाल्पाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गाउँ सरकार, नगरसरकारका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रअ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । ओके बाजीलाई झाकी र्याली सहित बजार परिक्रमा गराएपछि अभिनन्दन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update