Erani Mahal
पूर्वखोलामा शिक्षक भलिवल प्रतियोगिता सम्पन्न
Voliball

डिल्ली राज पंगेनी पाल्पा, ४ फागुन । पूर्वखोला गाउँपालिकाको शैक्षिक कार्यक्रम अन्तर्गत पूर्वखोला गाउँपालिकाको आयोजनामा वडा स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता भएको छ । पुर्वखोला ३ उद्ध्बुद्ध खेलमैदानमा भएको प्रतियोगितामा गाउँपालिकाका ६ वडा समूह विच भएको थियो ।


प्रतियोगितामा पूर्वखोला गाउँपालिका ५ विरकोटले देबिनगरलाइ ३–१ ले हराउदै प्रथम स्थान हाँसिल गरेको छ भने पुर्वखोला गाउँपालिका ४ देविनगर दोस्रो र वडा नं. ३ रिङ्नेरहले पुर्बखोला २ जल्पालाइ हराउदै तेस्रो भएको छ ।


यस्तै बेट स्पाइकर हेक्लाङ्गका कमल दर्लामी, वेस्ट पेल्यर बिरकोटका मोहन सिं सुनारी, बेस्ट लिप्टर देवीनगरका मेहेरमान थापा हुनु भएको थियो । कार्यक्रमा विजयी प्रतियोगीहरुलाई क्रमशः नगद रु १० हजार, ८ हजार, ६ हजार मेडल र प्रमाणपत्र वितरण गरिएको थियोे । प्रतियोगितामा सहभागी समुहलाई समेत नगद ३÷३ हजार गाउँपालिका प्रमुख नुन बहादुर थापाबाट पुरस्कार तथा मेडल प्रदान गरियको थियो ।


कार्यक्रममा उपाध्यक्ष भागरथी भट्टराइले बल पास गरेर सुरुवात गर्नुभएको थियो । कार्यक्रम रिङ्नेरह श्रोत केन्द्रका श्रोत व्यक्ति टेक बहादुर खत्रीको सन्चालनमा चलेको कार्यक्रम पुर्वखोला गाउँपालिका शिक्षा शाखाका अधिकृत मणी प्रसाद खनालको अध्यक्षतामा चलेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update